after_navbar

जबरजस्ती करणी आरोपमा फरार प्रतिवादी पक्राउ


२ घण्टा अगाडि


काठमाडौ,१९ मंसिर । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१४ पिपलडालीका ५७ वर्षीय मेगबहादुर भुजेल रहेका छन्।

ad

उनी मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। भुजेलले पुतलीबजार–१४ स्थित वन क्षेत्रमा ११ वर्षीया बालिकामाथि २०६९ भदौ २७ गते जबरजस्ती करणी गरेका थिए।

उक्त घटनामा जिल्ला अदालत स्याङ्जाले २०७३ मंसिर २३ गते उनलाई १५ वर्ष कैद सजाय सुनाएको थियो।

फैसला सुनिएपछि फरार रहेका भुजेललाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पक्राउ गरेको हो। फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशअनुसार उनले भुक्तानका लागि स्याङ्जा जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="