दाङ, १९ मंसिर । दाङको नारायणपुरमा रहेको भिएफएक्स सिनेमा हलले तुलसीपुरमा सञ्चालन गर्न लागेको भिएफएक्स सिनेमा हल तुलसीपुरकाे आज शिलान्यास गरिएको छ ।
नारायणपुर जस्तै सुविधा सम्पन्न हल बनाउने र उच्चस्तरीय प्रविधि जडान गरिने हलमा, भिडियो क्वालिटि र साउन्ड सिस्टम पनि उच्चस्तरीय हुने हल निर्माण कम्पनी सिनेमा वर्ल्डका अध्यक्ष अरुण रिजालले बताए ।
तुलसीपुर-६ मा रहेको कराई इभेन्टसंगै सटेको जग्गामा आज एक कार्यक्रमकाे आयोजना गरि हलकाे शिलान्यास गरिएको हो । दुई ओटा पर्दामा ५ सय सिट क्षमताको हल सञ्चालन गरिने र आगामी २०८३ काे दशै बाट फिल्म प्रदर्शन गरिने लक्ष्य राखिएको छ ।
तुलसीपुरमा हल सञ्चालन गरेपछि यसले तुलसीपुर देखि पश्चिम क्षेत्रका दर्शकलाई फिल्म हेर्नका लागि सहज हुने भिएफएक्स सिनेमा प्रा.लि.का सञ्चालक विजय रावतले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस