after_navbar

बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु: क्षतिपूर्ति नपाएपछि राजमार्ग अवरुद्ध


१ घण्टा अगाडि


काठमाडौ,२० मंसिर ।रौतहटको चन्द्रपुर नगरपालिका–६, मोतियाही पुलनजिक चपुर–गौर सडकखण्डमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

ad


गौरबाट चन्द्रनिगाहपुरतर्फ जादै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलले ज्यान गुमाएका हुन्।

घटनापछि मृतकका परिवार र बस सञ्चालक पक्षबीच क्षतिपूर्तिबारे इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा छलफल भएको थियो। तर बसधनीले कानुनले तोकेको भन्दा बढी क्षतिपूर्ति नदिने अडान लिएपछि स्थिति तनावग्रस्त बनेको हो।

यो अडानपछि मृतकका आफन्तले राजमार्ग ठप्प पारेका छन्। चन्द्रनिगाहपुर चोकमा सयौँ सवारीसाधन अलपत्र परेका छन्। मृतकका आफन्तले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="