after_navbar

तुलसीपुरमा दोस्रो नेवारी सडक खाना महोत्सव हुने


१ घण्टा अगाडि


दाङ,२० मंसिर । दाङको तुलसीपुरमा दोस्रो नेवारी सडक खाना महोत्सव हुने भएको छ। महोत्सवको उद्देश्य, मिति, स्थान र प्रमुख आकर्षणबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले विस्तृत जानकारी दिएको हो।

ad

महोत्सव मंसिर २३ देखि २९ गतेसम्म तुलसीपुर–५ (ग) लाईन, उपमहानगरपालिका गेटनजिक आयोजना हुनेछ।
‘यःमरी पून्ही या सकसीत लसताय भिन्तुना ’ नारासहित हुने महोत्सवमा विभिन्न नेवारी परिकारहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ।

कार्यक्रमको मुख्य आयोजक तुलसीपुर उपमहानगरपालिका रहेको छ भने ‘नेवा: देय दवु (नेवा: राष्ट्रिय मञ्च)’ र ‘नेवा: मिसा दवु’ को सहआयोजनामा महोत्सव सञ्चालन हुनेछ।

संघका केन्द्रीय उपाध्यक्ष नरेशराज भण्डारीका अनुसार नेवारी समुदायको महत्वपूर्ण तथा गुणस्तरीय परिकार “यमरी” लाई केन्द्रमा राख्दै, यमरी पूर्णिमा लक्षित गरी महोत्सव आयोजना गरिएको हो। चिसो मौसममा नयाँ अन्नका परिकारहरूको सांस्कृतिक महत्व रहेकाले कार्यक्रमले परम्परा र संस्कृतिलाई जोड्ने अपेक्षा गरिएको उनले बताए।

आयोजक समितिका उपाध्यक्ष अशोक श्रेष्ठका अनुसार महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धन, नेवारी सांस्कृतिक पहिचानको प्रसार तथा स्थानीय उत्पादनको बजार विस्तारमा टेवा पुर्‍याउने उद्देश्य राखिएको छ।

गत वर्ष तीन दिन चलेको महोत्सवबाट ३ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। यस वर्ष एक सातासम्म चल्ने महोत्सवबाट करिब ८ लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिइएको छ।
महोत्सव दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ।

पत्रकार सम्मेलन उपाध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत तथा प्रकाशन सम्बन्धी विवरण निवर्तमान अध्यक्ष पुष्कर श्रेष्ठले प्रस्तुत गरे भने सहजीकरण तुफानबाबु श्रेष्ठले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="