काठमाडौं ,२७ मंसिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई देशको निर्णायक शक्ति बनाउने सङ्कल्पका साथ अघि बढेको बताएका छन्।
पार्टीको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले एमाले अजम्बरी रहेको जिकिर गरे। ओलीले पुराना पार्टी र नेताहरूको सान्दर्भिकता सकिएको भन्ने भाष्य खडा गर्न खोजिएको उल्लेख गर्दै त्यसलाई जनताको उपस्थितिले खण्डन गरेको बताए।
उनले भने, ‘पुराना पार्टीहरू सकिए, पुराना नेताहरूको दिन गए र एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य बनाइयो। तर प्रत्येक प्रहारलाई चिर्दै यो जनसागर उर्लिएको छ। म ढुक्कले भन्न सक्छु—लोकतन्त्र अजय छ, एमाले अजम्बरी छ।’
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस