after_navbar

रास्वपाको तुलसीपुर नगर सभापतिमा जीवन भण्डारी चयन


३ घण्टा अगाडि


दाङ, २७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो तुलसीपुर नगर भेला सम्पन्न भएको छ। भेलाले जीवन भण्डारीलाई तुलसीपुर नगर सभापतिमा चयन गरेको छ।

ad

भण्डारीको नेतृत्वमा १५ सदस्यीय पालिका तदर्थ समिति पनि गठन गरिएको छ। समितिमा उपसभापतिमा निर्मला वली (केसी), सचिवमा कमल बस्नेत, सहसचिवमा टंक नेपाली, कोषाध्यक्षमा राजन भण्डारी रहेका छन्।

सदस्यहरूमा शोभा सुवेदी, पार्वती आचार्य, पहलमान रावत, सुमन विश्वकर्मा, वसन्त खत्री, कमल बस्नेत, रामबहादुर डाँगी, अर्जुन लामिछाने, नारायण प्रसाद केसी र भेषराज आचार्य चयन भएका छन्।

रास्वपाको यो भेला पार्टीको स्थानीय संगठन सुदृढीकरण र नगर तहमा सक्रियता बढाउने उद्देश्य लिएको बताइएको छ। प्रथम नगर भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्ले, गणेश पराजुली मनिषा लगायतका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="