after_navbar

महोत्सवमा आज श्याम रानाको मुख्य प्रस्तुति रहने


पुष ०७, २०८२


दाङ,७ पुस । दाङको तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव -२०८२ जारी छ। महोत्सव सञ्चालनको चौथो दिन आज सोमबार चर्चित लोक तथा दोहोरी गायक श्याम रानाको मुख्य प्रस्तुति रहने भएको छ ।

ad

नेपाल साना घरेलु तथा उद्योग महासंघ तुलसीपुर, दाङको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन भइरहेको महोत्सवमा आज श्याम रानासँगै गायक अमृत विश्वकर्मा, गायिका बिमला खड्का तथा डान्सर पूजा सिंहको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ।

यसैगरी चर्चित सोनी डान्स ग्रुपले सामूहिक नृत्यमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ।
कार्यक्रमलाई थप रोचक बनाउन उद्घोषक कोप खड्काको विशेष सहभागिता रहनेछ। कलाकारहरूको प्रस्तुति हेर्न दर्शकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन, घरेलु तथा साना उद्योगको विकास, औद्योगिक वातावरणको सुधार तथा दिगो अर्थतन्त्रको आधार निर्माण गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको महोत्सवमा लोकदोहोरी, सामूहिक लोकनृत्य, स्थानीय कलाकारहरूको प्रस्तुति, घरेलु तथा साना उद्योगका उत्पादनहरूको प्रदर्शनी तथा बिक्री, खानपान स्टल र विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समेत सञ्चालन भइरहेका छन्।


प्रथम तुलसीपुर महोत्सव–२०८२ पुस ४ गतेदेखि १५ गतेसम्म तुलसीपुर–६ घोराही रोडस्थित शान्ति सिनेमा हलको पूर्वतर्फ रहेको खुल्ला मैदानमा सञ्चालन भइरहेको छ। आयोजकले आजको कार्यक्रम अवलोकन गर्न सर्वसाधारणलाई उपस्थित हुन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="