after_navbar

पार्टीको प्राथमिकता निर्वाचन होः सभापति देउवा


पुष ११, २०८२


काठमाडौँ, ११ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको मुख्य प्राथमिकता निर्वाचन रहेको बताएका छन्।शुक्रबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटका क्रममा सभापति देउवाले कांग्रेसको धारणा स्पष्ट पारेका हुन्।

ad

देउवाले भने, “नेपाली कांग्रेसको प्राथमिकता प्रतिनिधि सभा पुनर्स्थापना भन्दा पनि निर्वाचन नै हो। तर, सरकारले निष्पक्ष र विश्वसनीय चुनावको वातावरण तयार गर्नुपर्छ।”

संसद पुनर्स्थापनाको माग गर्दै केही सांसदहरूले सर्वोच्च अदालतमा रिट दायर गरे पनि कांग्रेसको आधिकारिक निर्णय भने निर्वाचनमै केन्द्रित रहेको जानकारी देउवाले गराएका छन्।

यसैबीच, सञ्चारमन्त्री खरेलले कांग्रेस सभापति देउवापछि आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="