after_navbar

विद्यार्थी सवार जीप दुर्घटना: एकजनाको मृत्यु,१६ जना घाइते


पुष ११, २०८२


दाङ,११ पुस । विद्यार्थी सवार जीप दुर्घटना हुंदा अर्घाखाँचीमा एकजनाको मृत्यु भएको छ। जिल्लाको भूमिकास्थान नगरपालिकामा विद्यार्थी सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

ad

स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी लिएर भूमिकास्थान–१० धनचौरबाट नुवाकोटतर्फ जाँदै गरेको लु२च ५१७९ नम्बरको जीप भूमिकास्थान–७ छिर्लिङ खोलानजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप चालक धनचौर निवासी ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन गएका विद्यार्थी सवार जीप दुर्घटनामा परेको हो । दुर्घटनापछि प्रतियोगिताअन्तर्गत आज (पुस ११) का सबै खेल स्थगन गरिएको भूमिकास्थान नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="