काठमाडौ,१४ पुस । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउन राजनीतिक दलहरू निर्वाचन आयोग पुग्न थालेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज बन्दसूची बुझाउने अन्तिम दिन हो।
यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरू बन्दसूची लिएर निर्वाचन आयोग पुगेका छन्।
अधिकांश राजनीतिक दलहरू उम्मेदवारहरूको सूची अन्तिम रूप दिन व्यस्त रहेका छन्। यसबीच नेपाली कांग्रेसका नेताहरू पनि बन्दसूची बुझाउन आयोग परिसरमा पुगेका छन्।
निर्वाचन आयोगका अनुसार हालसम्म पाँच राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेका छन्। बन्दसूची बुझाउने दलहरूमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) रहेका छन्।
आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले जनही १ सय १० जनाको सूची बुझाएका छन्। त्यसैगरी नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले १२–१२ जना तथा नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २० जना उम्मेदवारको बन्दसूची पेस गरेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस