काठमाडौं,१४पुस । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण हुने भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच सोमबार पार्टी एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी नै रहनेछ भने चुनाव चिह्न पनि तारा नै कायम रहनेछ । साथै, दुवै पार्टीबाट संघ, प्रदेश तथा स्थानीय तहमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीका सदस्य हुने सहमति भएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस