after_navbar

मोटरसाइकल दुर्घटनामा परी दुईजना घाइते


पुष १७, २०८२



रोल्पा,१७ पुस। रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

ad

पुस १४ गते रोल्पाको त्रिवेणी गाउँपालिका–७ गाईविसौनास्थित सहिद राजमार्गमा लिवाङबाट नुवागाउँतर्फ जाँदै गरेको रा ६ प ९९९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक त्रिवेणी गाउँपालिका–२ नुवागाउँका २० वर्षीय रुपेश बुढामगरको दायाँ खुट्टामा सामान्य चोट लागेको छ।

मोटरसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय बिलगेट्स बुढामगरको टाउकोमा गहिरो चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनी हाल बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ।

गम्भीर घाइते बिलगेट्स बुढामगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय होलेरीको नियन्त्रणमा लिइएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी चौकी नुवागाउँको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="