रोल्पा,१७ पुस । रोल्पामा भिरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।
खर काट्ने क्रममा भिरबाट खस्दा गम्भीर घाइते भएकी रुन्टिगढी गाउँपालिका–१ दाङचौरकी ४८ वर्षीया पार्वती बुढा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
प्रहरीका अनुसार पुस १४ गते दिउँसो करिब १ बजे खर काट्ने क्रममा पार्वती भिरबाट लडेर घाइते भएकी थिइन्।
घटनापछि उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो। उनको टाउको, अनुहार र बाँया हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पार्वतीको आइसीयुमा राखी उपचार भइरहेको थियो। तर, उपचारकै क्रममा परिवारले उनलाई आफुखुसी घर लगेका थिए।
उपचार अधुरै अवस्थामा घर लगिएकी पार्वतीको बिहीबार बिहान घरमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस