after_navbar

हात्तीको आक्रमणबाट महिलाको मृत्यु


पुष १७, २०८२


बर्दिया ,१७ पुस । नेपाल–भारत सीमावर्ती वन क्षेत्रमा भैंसी चराउन गएकी एक महिलाको हात्तीको आक्रमणबाट ज्यान गएको छ।

ad

बुधबार दिउँसो बर्दियाको राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षीया बालिका पुरी भैंसी चराउने क्रममा हात्तीको आक्रमणमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। उनी तीन जनासँगै भैंसी गोठालो गएकोमा हात्ती देखिएपछि दुई जनाले भागेर ज्यान जोगाएका थिए।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा डीएसपी देवेन्द्रकुमार मल्लका अनुसार बुधबार दिउँसोदेखि खोजी गरिए पनि शव फेला परेको थिएन। बिहीबार बिहानै प्रहरी, वन कर्मचारी तथा स्थानीयको संयुक्त टोलीले पुनः खोजी गर्दा घटनास्थल नजिकै शव फेला परेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ।

शव पोस्टमार्टमका लागि अस्पताल पुर्याइएको डीएसपी मल्लले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="