काठमाडौँ,२७ पुस । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको निर्माता राजेश कौशलले तामाङकी श्रीमतीलाई उद्धृत गर्दै पुष्टि गरेका हुन् ।
उनी भारतीय मूलका नेपालीभाषी गायक रहेको बताइएको छ । तामाङ भारतीय टेलिभिजन रियालिटी शो इन्डियन आइडल को तेस्रो संस्करणका विजेता हुन् ।
तामाङले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका थिए । पछिल्लो समय उनी दिल्लीमा बस्दै आएको बताइएको छ । त्यहीँ उनको निधन भएको हो ।
उनको निधनले नेपाली तथा भारतीय संगीत क्षेत्र शोकमा डुबेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस