after_navbar

देउवा–कोइराला भेट : महाधिवेशनको स्वामित्व लिन कोइरालाको आग्रह


पुष २८, २०८२


पार्टी नफुटाउने सुनिश्चिततामा देउवाको जोड

ad

काठमाडौं,२८ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनस्थलमा उपस्थित भएर त्यसको स्वामित्व लिएर प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

सभापति देउवासँग भएको भेटमा डा. कोइरालाले पार्टीको एकता कायम राख्दै महाधिवेशनलाई सकारात्मक निष्कर्षमा पुर्‍याउन सभापतिको सक्रिय भूमिकाको आवश्यकता रहेको बताएका थिए ।

जवाफमा सभापति देउवाले भने पार्टी नफुट्ने सुनिश्चितता गर्न नेता कोइरालालाई आग्रह गरेका छन् । पार्टीभित्रको विवादले विभाजनको अवस्था नआओस् भन्नेमा आफू गम्भीर रहेको देउवाको भनाइ रहेको बताइएको छ ।

देउवा–कोइरालाबीचको भेटलाई कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमका हिसाबले महत्वपूर्ण रूपमा हेरिएको छ । भेटपछि नेता डा. शेखर कोइराला महामन्त्रीद्वयसँग वार्ता गर्न निस्किएको स्रोतले जनाएको छ ।

विशेष महाधिवेशनको बन्दसत्र चलिरहेकै बेला भएको यो भेटलाई कांग्रेसभित्र सहमतिको प्रयासका रूपमा बुझिएको

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="