after_navbar

कांग्रेस संस्थापन पक्ष कानुनी परामर्शमा


माघ ०१, २०८२


काठमाडौं,३० पुस। नेपाली कांग्रेसको संस्थापन पक्ष पनि कानुनी परामर्शमा जुटेको छ।

ad

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट नेतृत्व चयन भएमा कसरी अघि बढ्ने भन्ने विषयमा शीर्ष नेताहरू कानुनविद्हरूसँग छलफलमा जुटेको नेता वीरबहादुर बलायरले जानकारी दिए।

बलायरका अनुसार कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरू परामर्शमा सहभागी छन्।

विशेष महाधिवेशनले नेतृत्व चयन गरेपछि प्रक्रिया कसरी अगाडि बढाउने, निर्वाचन आयोगमा कसरी जानेलगायतका विषयमा पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती, उपेन्द्रकेशरी न्यौपानेलगायत कानुनविद्हरूसँग संस्थापन पक्षले परामर्श थालेको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="