दाङ,३० पुस । ११औँ योग दिवसको अवसरमा आज तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कमलपोखरी योगसाधना केन्द्र, रजौरा दाङको आयोजनामा भएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन्।
तुलसीपुर रक्तसञ्चार केन्द्रमा रगतको खपत बढ्दै जाँदा संकलन कम भएको खबर आएपछि रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बलदेव रजौरेले जानकारी दिए।
रक्तसञ्चार केन्द्र तुलसीपुरको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रम बलदेव रजौरेको सभापतित्व तथा लुम्बिनी प्रदेश प्रशिक्षण प्रमुख दीपक बस्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस