दाङ,३ फागुन।आईसीसी टी–२० विश्वकप अन्तर्गतको खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ। भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको हो।
नेपालका दीपेन्द्रसिंह ऐरीले शानदार अर्धशतक प्रहार गरे। उनले ४७ बलमा ५८ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्याए। सोमपाल कामी २६ रनमा अविजित रहे। टी–२० विश्वकपमा कुनै पनि नेपाली खेलाडीले बनाएको यो पहिलो अर्धशतक हो।
वेस्ट इन्डिजका जोसन होल्डरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए।
नेपालका खेलाडीले १२ वर्षपछि टी–२० विश्वकपमा अर्धशतक बनाएका हुन्। यसअघि सन् २०१४ मा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका थिए।
प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो। नेपाल पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४ रनले र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो। ‘सुपर–एट’ चरणमा पुग्ने सम्भावना कायमै राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस