दाङ,२ चैत । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको मूल्यसूचीअनुसार यस्तो देखिएको हो।
महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार २७० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार २७५ रुपैयाँ रहेको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस