after_navbar

नवनिर्वाचित दलका संसदीय कार्यालयको तयारी अन्तिम चरणमा


२ घण्टा अगाडि


काठमाडौं, ९ चैत । सिंहदरबारभित्रबाटै सङ्घीय संसद् सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालय व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। सांसद सङ्ख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्ष छुट्याइएका छन् भने अधिकांश स्थानमा रङ्गरोगन, कार्पेट र फर्निचर जडान सकिएको छ।
यसपटक बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सबैभन्दा ठूलो कक्ष दिइएको छ। सचिवालय भवन नं २ मा व्यवस्थित रास्वपाको कार्यालयमा १८० कुर्सीसहित बैठक हल राखिएको छ। रास्वपाका १८२ जना सांसद छन्।
पूर्व प्रयोगमा रहेका कार्पेट, पर्दा र फर्निचर पुनः प्रयोग गरिएको छ भने थोरै नयाँ सामग्री थपिएको छ। खर्च कटौतीलाई प्राथमिकता दिने दलको निर्णयअनुसार रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी को आग्रहअनुसार उपलब्ध सामग्रीबाट व्यवस्थापन गरिएको छ।
रास्वपाले प्रयोग गर्दै आएको भवनमा अन्य दलहरूको कार्यालय पनि व्यवस्थापन गरिएको छ। नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का कक्ष त्यही भवनमा तयार भएका छन्। यद्यपि ती कक्षमा रङ्गरोगन सकिएको भए पनि कार्पेट र फर्निचर जडान अझै जारी छ।
त्यस्तै, नेपाली कांग्रेस र एमाले लाई साबिककै कार्यालयमा निरन्तरता दिइएको छ। सांसद सङ्ख्या र पदाधिकारीको आधारमा कोठा विभाजन गरिएको छ।

ad


सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी का अनुसार, यो व्यवस्था अल्पकालीन भए पनि संसद् सञ्चालन सुरु हुने समयसम्म सबै दलका संसदीय कार्यालय पूर्ण रूपमा तयार हुनेछन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="