दाङ,१८ चैत । खाडी क्षेत्रमा विकसित युद्धको प्रभावका कारण कुवेतमा रोकिएका ९ जना नेपाली श्रमिकको शव बुधबार साँझ स्वदेश ल्याइएको छ। मृतकमध्ये चार जना महिला रहेका छन्।
कुवेत एयरवेजको चार्टर विमानमार्फत शवहरू नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।
बोर्डका अनुसार सिराहाका रमेशकुमार मोची, दाङका खुसीराम चौधरी, सिन्धुपाल्चोककी सम्झना गोले, उदयपुरकी कोपिला धामी, खोटाङका वसन्त राई, सुर्खेतकी यमुना सुनार, सल्यानका कृष्णराम्जा बुढा, सिन्धुलीकी मञ्जु मोक्तन पाख्रिन र कास्कीका रमेश नेपालीको शव ल्याइएको हो।
बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार शवलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित परिवारसम्म पुर्याउने व्यवस्था मिलाइएको छ।
गत फागुन १६ गते अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको तनावका कारण इरानले कुवेतसहित बहराइन, साउदी अरब, कतार र ओमानमा श्रृंखलाबद्ध आक्रमण गरेपछि कुवेतको विमानस्थल प्रभावित भएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस