after_navbar

प्रतिनिधिसभामा तीन अध्यादेश पेस


२ घण्टा अगाडि


काठमाडौं, १९ चैत । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेस गरेका छन्।

ad

सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखेपछि नियमित कार्यसूचीअन्तर्गत उनले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका हुन्।

संविधानको धारा ८४ को उपधारा (२) बमोजिम समानुपातिक बन्द सूचीमा जनसङ्ख्याको आरक्षण सुनिश्चित गर्न अध्यादेशमार्फत कानुन संशोधन गरिएको जानकारी दिइएको छ।

त्यसैगरी, आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गर्ने उद्देश्यले अघिल्लो सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याएको थियो।

गृहमन्त्री गुरुङले ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’मार्फत राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालयअन्तर्गत ल्याइएको जानकारी गराए।

बैठकमा संविधानसभा सदस्य तथा पूर्वसदस्य ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल तथा संविधानसभा र राष्ट्रियसभाका सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ।
प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते आइतबार बिहान ११ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="