after_navbar

अजम्बरी वन क्षेत्रभित्र एक पुरुष मृतफेला


फागुन ०६, २०८१


दाङ, ६ फागुन । दाङको लमही नगरपालिका वडा नंम्बर ५ मा रहेकाने अजम्मरी सामुदायिक वन क्षेत्रभित्र एक पुरुष मृत अवस्थामा फेला परेका छनन् । लमही नगरपालिका वडा नंम्बर ५ रातोडाँडाका ४१ वर्षीय योगेन्द्र बहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ad

प्रहरीका अनुसार मृतक खत्री गत मंगलबारदेखि नै सम्पर्कविहीन हुनुभएको थियो । खोजतलासको क्रममा हिजो सोमबार अपराह्न तिर सामुदायिक वनभित्र खोल्सामा पल्टिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

गाईबाख्रा चराउन गएका गोठालाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="