after_navbar

तुलसीपुर महोत्सवमा आज पशुपति शर्मा आउदै


फागुन ०, २०८१


दाङ,९ फागुन । तुलसीपुर महोत्सवमा आज चर्चित गायक पशुपति शर्मा, गायिका सिर्जना खत्री “हाउडे माया”, उषा दशौंदी लगायतका कलाकारहरूको दमदार प्रस्तुति रहने भएको छ।

ad

साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागिताले महोत्सव झनै आकर्षक बन्ने अपेक्षा गरिएको छ। “आजको दिन पशुपति शर्मा, सिर्जना खत्री, उषा दशौंदी लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्, जसले दर्शकलाई भरपूर मनोरञ्जन दिनेछ,” खड्काले बताए।

तुलसीपुर चेम्बर अफ कमर्स आयोजनामा जारी महोत्सवमा दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। महोत्सवमा कृषि, व्यापार, तथा मनोरञ्जनका विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आज चर्चित कलाकारहरूको प्रस्तुति रहने भएकाले थप दर्शक आकर्षित हुने आयोजकको विश्वास छ।

तुलसीपुर महोत्सव फागुन १ गतेदेखि सुरु भएको हो र यहि फागुन १६ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="