after_navbar

तुलसीपुरमा अटो दुर्घटना हुँदा दुईजना घाइते


फागुन १३, २०८१


दाङ, १३ फागुन। दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। मङ्गलबार बिहान ८:३० बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित गणेशपुरमा अटो दुर्घटना हुँदा दुईजना घाइते भएका हुन्। अटो अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

ad

तुलसीपुरबाट गणेशपुरतर्फ जाँदै गरेको लु १ ह ८७८ नम्बरको अटो अनियन्त्रित भई पल्टिएपछि उक्त दुर्घटना भएको हो। घाइते भएका व्यक्तिहरूलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि लगिएको छ।

घाइतेहरूमा अटो चालक ४८ वर्षीय चिरञ्जीवी गौतम र अटोमा सवार १७ वर्षीया भावना कृति पराजुली रहेका छन् प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="