after_navbar

हिमाल आरोहणबाट ६४ करोडभन्दा बढी राजस्व


भदौ १७, २०८२


काठमाडौँ, १७ भदौ । पछिल्लो वर्ष नेपालका हिमाल आरोहण गर्नेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। पर्यटन विभागका अनुसार विभिन्न हिमाल तथा पिक आरोहणमार्फत कुल रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ राजस्व सङ्कलन भएको छ।

ad

ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल ९८,५५६ मिटर० मा गत मार्च १ देखि अप्रिल २१ सम्म २६ पुरुष र १५ महिला गरी ४१ आरोहीले सफलतापूर्वक पाइला टेके। यसबाट रु एक करोड ९७ लाख ४६० राजस्व प्राप्त भएको विभागले जनाएको छ। सोही समयमा सङ्खुवासभाको मकालु हिमालमा ६६ जनाले आरोहण गरे, जसबाट रु एक करोड ६२ लाख ६९ हजार ४८० संकलन भएको छ।

विश्वकै अग्लो सगरमाथा हिमालमा भने ३०२ पुरुष र ७२ महिला गरी ३७४ जनाले शिखर चुमे। यस आरोहणबाट मात्रै रु ५५ करोड ४९ लाख ९० हजार २७८ राजस्व संकलन भएको विभागले जनाएको छ।

गत वर्ष मात्रै २३ वटा हिमाल तथा पिकमा ६७८ पुरुष र १९१ महिला गरी ८६९ आरोही ९नेपाली तथा विदेशी० ले सफल आरोहण गरेका थिए।

जलवायु परिवर्तनको असर

नेपालका हिमालहरूमा जलवायु परिवर्तनको प्रभाव दिनप्रतिदिन तीव्र बन्दै गएको तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन्। इसिमोड ९क्ष्ऋक्ष्ःइम्० को २०२१ को प्रतिवेदनअनुसार ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा हिमरेखा प्रत्येक वर्ष औसत ६।५ मिटरले माथि सर्दै गएको छ। त्यहाँ १५ वर्षअघि २७ हिमताल मात्रै रहेका भए पनि हाल ४९ पुगेका छन्।

यस्तै, इसिमोडको हिमालयन वाटर सिक्युरिटी ९२०२२० प्रतिवेदनले नेपालमा प्रत्येक दशकमा तापक्रम ०।३ देखि ०।५ डिग्री सेल्सियससम्म बढिरहेको देखाएको छ। यसले हिमनदी पग्लन तीव्र बनाएको, हिमरेखा माथि सर्ने गति बढाएको र हिमाली समुदायको खेतीपाती, पशुपालन तथा खानेपानीमा सीधा असर पारेको छ।

विशेषज्ञहरूका अनुसार तत्काल जलवायु अनुकूलन नीति र दीर्घकालीन रणनीति अपनाउन नसके हिमनदीहरूको ह्रास अझै तीव्र भई जलस्रोत प्रणाली, जैविक विविधता र खाद्य सुरक्षामा गम्भीर संकट उत्पन्न हुने जोखिम छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="