काठमाडौं,२१ भदौ चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको हो।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार हेटौंडा उपमहानगरपालिका–१६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमै मृत्यु भएको हो।
स्थानीय धनबहादुर स्याङ्तानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोग्य सामान किन्ने क्रममा चट्याङ परेपछि उनको ज्यान गएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि हेटौंडा अस्पताल पुर्याइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस