after_navbar

‘जेनजी’ भन्दै कुटपिटपश्चात आत्महत्या : नाम लिएका चार जना पक्राउ


भदौ २, २०८२


कञ्चनपुर ,२९ भदौ । कञ्चनपुरमा एक युवकले सामाजिक सञ्जालमा लाइभ गर्दै आत्महत्या गरेपछि घटनामा नाम समावेश गरिएको चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ad

जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराका अनुसार पक्राउ पर्नेमा खेम बोहरा, अमर बोहरा, जनक धानुक र भोजराज पन्त रहेका छन्। उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा छानबिन र मुद्दा चलाउने तयारी भइरहेको छ।

शनिबार कञ्चनपुरको वेदकोट नगरपालिका-४ बैतडा निवासी २५ वर्षीय नरेश धानुकले सामाजिक सञ्जालमा लाइभ गर्दै प्राण त्यागेका थिए। आत्महत्या गर्नुअघिका उनका भिडियो सन्देशमा उनले आफूलाई ‘जेनजी’ भन्दै नाङ्गो बनाएर कुटपिट गरिएको र केही व्यक्तिको नाम लिएर आत्महत्यामा बाध्य पारिएको दाबी गरेका छन्। भिडियोमा नरेशले, “मलाई सोसल अत्याचार भयो। म मर्दै छु। सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु,” भनी बोलेका छन्।

मृतककी दिदी हिरा धानुक रावलले पनि अनुसन्धानकर्तालाई दिएको बयानमा राति करिब साढे १० बजे भाईलाई रक्सी पिलाएर नाङ्गो बनाएर कुटपिट गरियो र त्यसपछिको अपमानले घर फर्किएर आत्महत्या गर्न बाध्य बनाइएको बताएकी छन्।

उनले भनिन्, “सुरुमा दारु पिलाएका रहेछन्। त्यसपछि नाङो बनाएर कुटपिट गरे। त्यसरी अपमानपछि उसलाई घरमा गएर आत्महत्या गर्न बाध्य पारियो। मर्ने थिएन, मलाई मर्न बाध्य बनायो भनेर उनीहरूको नाम लिएको छ।”

पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा चार व्यक्तिविरुद्ध किटानी जाहेरी दिएका छन्। डीएसपी बोहराले सो अपराधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान जारी रहेको र पक्राउ परेका सबैलाई प्रहरीले नियन्त्रणमा राखेको बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धान तथा मेडिकल प्रमाणोको आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="