after_navbar

कार्यालय आगजनी हुँदा वित्तीय कारोवार ठप्प


असोज ०१, २०८२



सुर्खेत,१ असोज । जेनजी आन्दोलनकारीले २४ गते आगजनी गरेपछि कर्णाली प्रदेशको लेखा नियन्त्रक कार्यालय ९प्रलेनिका० ठप्प भएको छ। आगजनीमा कार्यालयका सबै कागजात, कम्प्युटर र अन्य आवश्यक उपकरण जलेर नष्ट भएपछि प्रदेशका वित्तीय गतिविधि अनिश्चितकालका लागि प्रभावित बनेका छन्।

ad

प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्नप्रसाद सुवेदीका अनुसार, कार्यालयमा रहेका पुराना आयव्यय विवरण, कर्मचारी तलब र भुक्तानी आदेशसम्बन्धी फाइलहरू जलेर नष्ट भएका छन्। उनले भने, –‘डिजिटल प्रणालीमा सुरक्षित उपकरण समेत क्षति भएपछि हिसाब मिलान र प्रमाणीकरणमा कठिनाइ आएको छ। केही समयका लागि चालू र पुँजीगत बजेट खर्च प्रणाली ठप्प भएको छ।

आगजनीका कारण कार्यालयका नौ वटा मोटरसाइकल र दुई चारपाङ्ग्रे गाडी पूर्णरूपमा नष्ट भएका छन्। साथै विद्युत्, इन्टरनेट, टेलिफोन र खानेपानी सेवासमेत अवरुद्ध भएको छ।

सुवेदीले बताए अनुसार, प्रदेशका विभिन्न मन्त्रालय, मातहत कार्यालय, लोकसेवा आयोग लगायत कर्मचारीको मासिक तलब–भत्ता समेत भुक्तानी गर्न असम्भव भएको छ।

कार्यालयले आगजनीले नष्ट भएका सबै सामग्री पुनः तयार गर्नुपर्ने र खरिद गर्नुपर्ने अवस्था रहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="