after_navbar

सिंहदरबार परिसरका क्षतिग्रस्त सवारीसाधनको व्यवस्थापन सुरु


असोज ०३, २०८२


काठमाडौँ,३ असोज । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुगेको छ। प्रदर्शनकारीहरूले सार्वजनिक भवनमा आगजनी गर्दा भवन परिसरमा रहेका सवारी साधन समेत तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेका छन् ।

ad

सरकारी स्रोतका अनुसार सिंहदरबार र वरिपरि रहेका कार्यालयहरूमा मात्रै १०४२ सवारी साधन क्षतिग्रस्त भएका छन्। ती सवारी साधनको व्यवस्थापन कार्य हालैदेखि सुरु गरिएको छ। सिंहदरबारभित्र क्षतिग्रस्त सवारी साधनलाई नयाँ बानेश्वरस्थित संसद भवनमा लैजाँदै व्यवस्थापन भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्।

आन्दोलनका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र संघीय मामिला मन्त्रालयमा सबैभन्दा बढी क्षति भएको छ। त्यस्तै, अर्थ मन्त्रालयमा आगलागीबाट प्रभावित भागमा पुनःरंगरोगनको काम पनि सुरु गरिएको छ।

सरकारी अधिकारीहरूले सुरक्षा व्यवस्था थप मजबुत बनाउन र यस्ता घटनाबाट भविष्यमा जोगिन विशेष योजना बनाईरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="