after_navbar

भरुवा बन्दुकसहित एकजना पक्राउ


असोज ११, २०८२


काठमाडौँ,११ असोज । दुईथान भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले गोरखा जिल्ला पालुङटार नगरपालिका – ३ आँपपिपलस्थित मैबलका ६३ वर्षीय राम बहादुर राना मगरलाई भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।

ad

उनका अनुसार शुक्रबार राति १० बजे गोप्य सूचनाको आधारमा राना मगरको घरमा खानतालसी गर्दा एक नाले दुई थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने बारुद तथा फलामको गज समेत बरामद गरिएको हो ।
ईलाका प्रहरी कार्यालय ठाँटीपोखरी गोरखाका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माको कमाण्डमा गएको प्रहरी टोलीेले दुई थान हतियारसहित रानालाई नियन्त्रण लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="