after_navbar

बेपत्ता बालिका मृत्त फेला


असोज ११, २०८२


धनगढी,११ असोज । धनगढीमा एक बालिका मृत्त फेला परेकी छन्। बिहीबार बेलुका बेपत्ता भएकी ११ वर्षीय बालिका मृत्त फेला परेकी हुन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका ३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएकी हुन् ।

ad

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले रानाको शव नदीमा डुबेको अवस्थामा फेला परेको बताए ।निर्वस्त्र अवस्थामा भेटिएको शव भन्दा करिब दुई सय मिटरको दूरीमा उनका कपडा भेटिएका छन् ।

उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।परिवारले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="