after_navbar

झुलामा फसेका ५६ जनाको उद्धार


असोज ११, २०८२


जनकपुर ,११ असोज । जनकपुरमा सञ्चालित दशमी मेलामा झुला भाँचिएर फसेका ५६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । शुक्रबार राति माता राजदेवी मन्दिरको प्राङ्गणमा मेलामा घुम्ने क्रममा झुला भाँचिएको थियो ।

ad

नेपाली सेनाको अगुवाइमा सुरक्षा निकायका अन्य अङ्गहरूको समेत प्रयासमा फसेका सबैको सकुशल उद्धार गरिएको हो । विजयादशमीमा महावीर युवा कमिटी, श्रीराम युवा कमिटीसहितको व्यवस्थापनमा जनकपुरधाममा मेला लाग्ने गरेको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलिले विभिन्न निकायबाट आएका जेसिबी तथा क्रेनको सहायताले उद्धार कार्य सम्पन्न गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="