after_navbar

गाँजा ओसारपसारमा संलग्न दुई महिला पक्राउ


असोज ११, २०८२


काठमाडौँ, ११ असोज । प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई महिलालाई पक्राउ गरेको छ । शनिवार उदयपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

ad

उदयपुरगढी–७ चिया कमानमा विहान करिब ६ः४५ बजे प्रहरीले दुई महिलालाई ११ किलो ८ सय ५२ ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो । उदयपुरगढी–६ नेपालटारस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले सडकमा झोला बोकेर हिँडिरहेका उनीहरूलाई चेकजाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१७ की ४५ वर्षीया लिलादेवी राम र सोही नगरपालिका–८ की ४० वर्षीया अस्मिता राम रहेका छन् । उनीहरूलाई अज्ञात स्थलबाट ल्याइएको गाँजा झोलामा लुकाएर बोकेको अवस्थामा पक्राउ गरिएको हो ।

बरामद गाँजासहित दुवैलाई शनिबारै दिउँसो जिल्ला प्रहरी कार्यालय, उदयपुरमा ल्याइएको छ । उनीहरूलाई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी केदारमान दोङले बताए । उनीहरूलाई कोही परिचालित गर्दै थिए वा आफैं गाँजा तस्करीमा संलग्न थिए भन्नेबारे अनुसन्धानपछि मात्रै पुष्टि हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="