after_navbar

गण्डकीका मुख्यमन्त्रीको निवासमा पुनः आगजनी


असोज १२, २०८२


कास्की,१२ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा गएराति साढे २ बजे अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन् ।

ad

यसअघि भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सोही भवनमा तोडफोड र आगजनी भएको थियो ।

मुख्यमन्त्री पाण्डेका अनुसार आगलागीका कारण बाँकी रहेका कागजातसमेत जलेर नष्ट भएका छन् । “गेट लगाइएको थियो, सम्भवतः पर्खाल चढेर आगो लगाइएको हो । केही कागजात बाँकी थिए, सबै जले,” उनले भने ।

निवास प्रयोग अयोग्य भएपछि मुख्यमन्त्री पाण्डे हाल प्रमुख सचिवको निवासमा बस्दै आएका छन् ।

जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेश मातहतका ४८ भवनमा आगजनी र तोडफोड भएकोमा १३ भवन पूर्णरूपमा नष्ट भएका छन् भने १६ भवन तत्काल बस्न नमिल्ने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="