after_navbar

जीप दुर्घटना हुँदा ९ जना घाइते


कार्तिक ०, २०८२


अर्घाखाँची ,८ कार्तिक । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

ad

छत्रदेव गाउँपालिका–७ ढिकुराबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४३५२ नम्बरको जीप छत्रदेव गाउँपालिका–५ दोहोरो चौपारीमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार घाइते ९ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। ब्रेक फेल भएर पक्की सडकमा अनियन्त्रित भएपछि जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका ७० वर्षीय भोजराज भुषाललाई जिल्ला अस्पताल अर्घाखाँचीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको छ। अन्य ८ जना घाइतेलाई उपचारपछि घर पठाइएको प्रहरी निरीक्षक शर्माले बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="