after_navbar

यूकेका लागि नेपाली राजदूत घिमिरेको राजीनामा


कार्तिक २१, २०८२


काठमाडौ,२० कार्तिक । सरकारले ११ देशका नेपाली राजदूतलाई परराष्ट्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएलगत्तै युनाइटेड किंगडम (यूके) का लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले पदबाट राजीनामा दिएका छन्।

ad

राजदूत घिमिरेले आफ्नो फेसबुकमार्फत यूकेलाई बिदा गरेको जानकारी दिँदै कार्यकालका क्रममा प्राप्त सम्मान र सहयोगका लागि आभार व्यक्त गरेका छन्। उनले लेखेका छन्, “यूकेमा रहँदा पाएको सम्मान, सद्भाव र सहयोगप्रति धन्यवाद व्यक्त गर्छु।”

सरकारले हालै परराष्ट्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएका राजदूतहरूमा घिमिरे पनि परेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="