after_navbar

बालेन विरुद्ध साइबर ब्युरोमा उजुरी


कार्तिक २१, २०८२


काठमाडौ ,२० कार्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध राष्ट्रिय युवा संघ नेपालले साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ।

ad

संघका उपाध्यक्ष महाराज गुरुङले बिहीबार साइबर ब्युरोमा उजुरी दर्ता गराएका हुन्। उजुरीमा बालेनले कात्तिक १६ गते सामाजिक सञ्जालमार्फत नेकपा एमालेसहितका राजनीतिक दलहरूलाई गाली गर्दै सामाजिक सद्भावमा खलल पुर्‍याउने प्रयास गरेको आरोप लगाइएको छ।

त्यस्तै, उनले फेसबुक खाता र पेजमार्फत विदेश मित्रराष्ट्रहरूलाई समेत अपमानजनक शब्द प्रयोग गरी वैदेशिक सम्बन्धमा असर पुर्‍याउने कार्य गरेको दाबी गरिएको छ।

संघले उजुरीमार्फत शाहलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न तथा उनको राहदानी रोक्का गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="