दाङ,२६ कार्तिक । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल उद्योगले बक्यौता बुझाएपछि काटिएको बिजुली लाइन पुनःजोडिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्योगको कुल २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेकोमा पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ हिजो बुझाइएको हो।
प्राधिकरणले उद्योगको बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस