after_navbar

८४ वर्षीय वृद्धले लगाए आफ्नै शरीरमा आगो


कार्तिक ३०, २०८२


काठमाडौ,२९ कार्तिक । झापामा एक वृद्धले आफ्नो शरीरमा आफैले आगो लगाए। जिल्लाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका ८४ वर्षीय डिल्लीराम अधिकारीले शुक्रबार राति आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राति करिब ११:३० बजे घरबाहिर आँगनमा गएर पेट्रोल खन्याई उनले आफैंलाई आगो लगाएका हुन्।

ad

राति करिब १ बजे उनका काइँला छोरा भोगेन्द्र अधिकारीले बुबालाई अचेत अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय बुधबारेमा खबर गरेका थिए। सूचना प्राप्तसँगै प्रहरी टोली घटनास्थल पुगेको र क्षेत्र सुरक्षित गरिएको जनाइएको छ। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट अर्को टोली पनि खटिएको छ।

परिवारका अनुसार डिल्लीराम अधिकारीको घटनास्थलमै मृत्यु भइसकेको थियो। उनी केही समयदेखि डिप्रेसनको उपचार गराइरहेका थिए भने केही महिनाअघि मात्र प्रोस्टेट शल्यक्रिया गराएका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="