after_navbar

पैसा र शक्तिको प्रभावले मात्र चुनाव नजितोस्: प्रधानमन्त्री कार्की


२ घण्टा अगाडि


दाङ,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि सबैले निरन्तर रुपमा लागिरहनुपर्ने बताएकी छन्।

ad

हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री कार्कीले पैसा र शक्तिको पहुँच भएकाले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशभर जनजागरण आवश्यक रहेको उल्लेख गरिन्।

उनले सरकारलाई प्राप्त कार्यादेशभित्र रही दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न सकिने सम्भावनामा आफूले पनि पहल गर्ने बताइन्।

सो अवसरमा हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था समावेश गर्न आग्रह गरेको थियो।

समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई पहिलो प्राथमिकता दिएपछि दलित समुदायको उचित प्रतिनिधित्व हुन नसकिरहेको विषयमा आफूहरूको धारणा प्रधानमन्त्रीसमक्ष राखिएको अध्यक्ष सुनारले बताए।

भेटका क्रममा उनले व्यक्तिगत कारणले प्रधानमन्त्री कार्कीविरुद्ध उठेका केही आलोचनाका विषयमा क्षमायाचनासमेत गर्दै विषम परिस्थितिमा देश सम्हाल्न अगाडि आएकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="