काठमाडौं,२ माघ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिका रूपमा मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दलको विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त जानकी तुलाधारले उक्त निर्णयको पक्षमा मत दिएका छन्। आयोगका उच्च स्रोतका अनुसार आयुक्त सगुनशमशेर राणाले भने फरक मत राखेका थिए।
पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए। सोही विशेष महाधिवेशनबाट भएको निर्णयअनुसार सभापति थापासहितका नवनिर्वाचित पदाधिकारीहरूले बिहीबार निर्वाचन आयोगमा विवरण अद्यावधिकका लागि निवेदन दिएका थिए।
उता, पूर्णबहादुर खड्का पक्षका नेताहरूले शुक्रबार बिहान आयोगमा निवेदन दिँदै आफूहरू आधिकारिक भएको दाबी गरेका थिए। दुवै पक्षबाट दाबी आएपछि आयोगले नवनिर्वाचित पदाधिकारीहरूलाई छलफलका लागि आयोगमा बोलाएको थियो।
कांग्रेसका दुवै पक्षको दाबीमाथि अध्ययन तथा छलफलपछि निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दिएको हो। यससँगै अब नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रुख’ र चारतारे झण्डा पनि थापा पक्षकै रहने भएको
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस