after_navbar

बाढीपिडितका लागि अमेरिकाको ४० टन बढी सहयोग


२१ घण्टा अगाडि


काठमाडौ,१७ भदौ । संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी बाढी प्रभावित समुदायका लागि पठाइएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री काठमाडौं आइपुगेको छ।

अमेरिकी दूतावासका अनुसार बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थामार्फत उक्त राहत सामग्री २ हजार ६०० परिवारलाई वितरण गरिनेछ।

राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट, सौर्य बत्तीलगायत अत्यावश्यक सामग्री रहेका छन्।

नेपालस्थित अमेरिकी दूतावासले नेपालको आवश्यकताअनुसार जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदार संस्थासँग समन्वय गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="