after_navbar

एउटै घरभित्र २२ जनाको शव


२२ घण्टा अगाडि


नुवाकोट,१६ भदौ। बेत्रावतीमा बाढी र लेदोले पुरिएको एक घरभित्र २२ जनाको शव भेटिएको छ । नुुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढी र लेदोले पुरिएको एक घरभित्र २२ जनाको शव भेटिएको हो। सुरक्षाकर्मीको टोलीले सोमबार खोजी तथा उद्धारका क्रममा उक्त घरभित्रबाट ६ वटा शव निकालेको छ। बाँकी १६ वटा शव मंगलबार निकालिने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

गत बुधबार बिहान रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले बेत्रावती बजारमा ठूलो क्षति पुर्‍याएको थियो। बाढी आएको छैटौँ दिनमा सोमबार खोजी तथा उद्धारका क्रममा लेदोले पुरिएको घरभित्र ठूलो संख्यामा शव फेला परेको हो।

प्रहरीका अनुसार बाढीका बेला ती मानिसहरू उक्त घरमा भेला भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। भेटिएका शवहरू क्षतविक्षत अवस्थामा रहेकाले तत्काल पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक ९एसपी० विपिन रेग्मीले बेत्रावतीमा बाढीले पुरिएको एक घरभित्र ठूलो संख्यामा शव भेटिएको पुष्टि गरे।

उनका अनुसार सोमबार केही शव निकालिएको छ भने बाँकी शव निकाल्ने तथा संकलन गर्ने काम मंगलबार गरिनेछ। उद्धार टोलीले घटनास्थलमा खोजी कार्य जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="