after_navbar

भोटेकोशी बाढीबाट चार जिल्लामा ७९ अर्बको क्षति


१४ घण्टा अगाडि


दाङ। रसुवा-भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट चार जिल्लामा ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

राष्ट्रिय योजना आयोगको सर्वेक्षणअनुसार घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहमा ७ हजार ३१६ घरपरिवार तथा व्यवसाय प्रभावित भएका छन्।

सर्वेक्षणअनुसार चार जिल्लामा ३२ हजार ८७२ जना प्रत्यक्ष प्रभावित भएका छन्। सबैभन्दा बढी नुवाकोटमा १७ हजार ९५४ जना प्रभावित भएका छन्। त्यस्तै, रसुवामा ९ हजार ६७६, धादिङमा ४ हजार ५८४ र गोरखामा ६५८ जना प्रभावित भएका छन्।

बाढीबाट ३ हजार ६७ घरधनीका ४ हजार १५१ भवन संरचनामा क्षति पुगेको छ। तीमध्ये २ हजार ९८९ संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ३ हजार १९४ संरचना पुनः प्रयोग गर्न नसकिने अवस्थामा रहेको सर्वेक्षणमा उल्लेख छ।

क्षतिग्रस्त संरचनामध्ये २ हजार ७९२ घर, २८८ गोठ तथा अन्य भण्डारण संरचना, ६५१ ट्रस र २६३ टहरा छन्। केही संरचनामा आंशिक क्षति पुगेको, लेदोले पुरिएको वा ढल्किएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="