दाङ। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा हेमन्तकुमार योगी निर्विरोध निर्वाचित भएका छन्। सोमबार भएको निर्वाचनमा क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधिहरू पनि निर्विरोध चयन भएका हुन् ।
यसैगरी, महाधिवेशन प्रतिनिधिमा गेहेन्द्र गिरी, खिमप्रसाद खराल, राजेन्द्र धिताल, सुरेन्द्रबहादुर खड्का, टिकराम घर्ती, युवराज खड्का, ऋषिराज लहरे (अरुण), गेहेन्द्र ओली, अमर खड्का, विनोद पाण्डेय, दीपक भण्डारी, बमकुमारी खड्का, केवलापति चौधरी, कुम्भकुमारी अधिकारी, खुमा खड्का, श्याम रायमाझी, राजकुमार डाङ्गी, दलबहादुर विश्वकर्मा, चेतबहादुर शेर्पाली, रामचन्द्र केसी, श्रीधर श्रेष्ठ, भीमबहादुर बुढाथोकी, बसन्त बस्नेत, सुन्दरी बादी, स्वर्गबहादुर केसी, रमा भण्डारी, लोकमणि खत्री, लुमा बुढामगर, श्रवणकुमार आचार्य, प्रकाशमान वली, लीलाधर खड्का, दिलीबहादुर बुढाथोकी, शिवा पुरी, मोहन गुरुङ र तस्वर अली कबाडिया चयन भएका छन्।
निर्विरोध चयन भएका प्रतिनिधिहरूले पार्टीको आगामी महाधिवेशनमा क्षेत्र नं. ३ को प्रतिनिधित्व गर्नेछन्।
प्रतिक्रिया दिनुहोस