after_navbar

टरिगाउँ विमानस्थलको स्तरोन्नतिबारे तुलसीपुर भोली खुला छलफल हुँदै


घण्टा अगाडि


दाङ। दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति तथा जिल्लाको समग्र विकासमा विमानस्थलको भूमिकाबारे तुलसीपुरमा बृहत् खुला छलफल हुने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ जिल्ला कार्यसमितिको आयोजनामा असोज २१ गते तुलसीपुर–६ रजौरास्थित कराही इभेन्ट स्पट रेष्ट्रो एण्ड लाउन्जमा छलफल कार्यक्रम आयोजना गर्न लागिएको हो।

रास्वपाका नेता बिमल रिजालका अनुसार कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज (गनेस) पौडेल तथा प्रतिनिधिसभा सदस्य एवं रास्वपा महामन्त्री विपिनकुमार आचार्यको विशेष उपस्थिति रहनेछ।

लामो समयदेखि अपेक्षाअनुसार विकास हुन नसकेको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक पहल, विद्यमान समस्या र आगामी रणनीतिबारे छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रिजालले बताए।

उनका अनुसार छलफलबाट विमानस्थलको विकासका लागि आवश्यक योजना र पहलका विषयमा साझा धारणा निर्माण गर्ने प्रयास गरिनेछ।

कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ। आयोजकले विमानस्थलको विकास तथा जिल्लाको समग्र विकासका विषयमा चासो राख्ने जिल्लावासीलाई कार्यक्रममा सहभागी भएर आफ्ना धारणा तथा सुझाव राख्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="