after_navbar

तीन दिनभित्र कित्ताकाट खोल्न माग


२० घण्टा अगाडि


दाङ। तुलसीपुर उपमहानगरपालिकामा जग्गाको कित्ताकाट तत्काल खुलाउन माग गर्दै नागरिकहरूले कावा नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन्।

भू-उपयोग वर्गीकरण समयमै नगर्दा दुई महिनाभन्दा बढी समयदेखि कित्ताकाट रोकिएको भन्दै उनीहरूले नागरिकलाई समस्या परेको बताएका छन्। कित्ताकाट रोकिँदा विदेश जाने, बैंकिङ कारोबार गर्ने तथा जग्गा किनबेच गर्ने नागरिक प्रभावित भएको ज्ञापनपत्रमा उल्लेख छ।

कित्ताकाट रोकिँदा नागरिकसँगै सरकारलाई प्राप्त हुने लाखौँ रुपैयाँ राजस्वसमेत गुमिरहेको उनीहरूको दाबी छ। त्यसैले तीन दिनभित्र कित्ताकाट खुलाउन माग गर्दै ज्ञापनपत्र बुझाइएको हो।

माग पूरा नभए चरणबद्ध रूपमा संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी उनीहरूले दिएका छन्। ज्ञापनपत्रमा धनिराम सुवेदी, दिव्यबहादुर जिसी, टोपेन्द्रबहादुर डाँगी, उदय वली, सुरेन्द्र रिजाललगायत १२ जनाको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="