दाङ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं। ३ (क) को सभापतिमा तेजबहादुर डाँगी निर्वाचित भएका छन्। डाँगीले २२३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी शंकरकुमार खड्काले १६९ र भोजराज न्यौपानेले ८४ मत प्राप्त गरे। खड्का वडा नं.१४ का वडाध्यक्ष हुन् भने न्यौपाने पेशाले शिक्षक हुन्।
प्राप्त अन्तिम मत परिणामअनुसार उपसभापतिमा पुष्पराज गिरी २४२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी दामोदर न्यौपानेले १३४ र बुद्धप्रकाश सिंहले ८९ मत प्राप्त गरे।
त्यस्तै, सचिवमा रञ्जनकुमार गौतम ३०९ मत प्राप्त गर्दै निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नारायण आचार्यले १५९ मत प्राप्त गरे।
महिला सहसचिवमा सुष्मा अधिकारी २८९ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी भावना गौतमले १६४ मत प्राप्त गरिन्।
दाङ क्षेत्र नं. ३ मा संघीय सभापति, प्रदेश सभापति, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधि चयनका लागि बुधबार मतदान भएको थियो।
प्रतिक्रिया दिनुहोस